Skip to content
project banner

West Broadway प्रस्तावित डिजाइन पृष्ठपोषण सर्वेक्षण [Nepali]

Clarendon Avenue  Alewife Brook Parkway बिचको ब्रोडवेका लागि प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण दिनका लागि समय दिनुभएकोमा धन्यवाद ।

सडक मर्मत  फुटपाथहरूको पुनर्निर्माणको साथसाथैशहरले सडकमा यात्रा गर्ने सबै मानिसहरूका लागि सुरक्षामा सुधार गर्न  बसमा यात्रा गर्ने मानिसहरूका लागि आराम  विश्वसनीयता बढाउन सडकलाई पुनडिजाइन गर्ने लक्ष्य राखेको छ । 

प्रस्तावित डिजाइनमा सडकको दुवैतिर सुरक्षित बाइक लेनहरूसमर्पित प्रतिक्षास्थल प्रदान गर्न ठूला बस बिसौनीसडक पार गर्ने मानिसहरूका लागि सुरक्षित बनाउन क्रसवाकहरू  थप कुराहरू समावेश गरिएको छ । डिजाइनको बारेमा थप विवरणका लागि:

अब हामी तपाईंको राय लिन चाहन्छौँ ! प्रस्तावित डिजाइनमा आफ्नो पृष्ठपोषण प्रदान गर्न यो सर्वेक्षण पूरा गर्नुहोस् । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666 3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भनेकृपया मासिक गतशीलता न्युजलेटर का लागि नाम दर्ता गर्नुहोस् ।

हामीले प्राप्त गरेको पृष्ठपोषणले अन्तिम डिजाइनलाई आकार दिन मद्दत गर्ने छ ।

1.  

West Broadway को प्रस्तावित डिजाइनको बारेमा तपाईंको विचार के छ ? कृपया एउटा छनोट गर्नुहोस् ।

* required
3.  

तपाईं केको बारेमा एकदम उत्साहित हुनुहुन्छ ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।

5.  

हामीले Clarendon Hill Towers र Stop & Shop बिचको ब्रोडवेमा क्रसवाकका लागि तीनवटा डिजाइन विकल्पहरू विकास गरेका छौँ । प्रत्येक विकल्पमा उठाइएको क्रसवाक, पुस बटनले सक्रिय हुने चम्किने क्रसवाक सङ्केत र दुवै दिशामा सुरक्षित बाइक लेनहरू समावेश गरिएको छ । तलका तीनवटा विकल्पहरूमध्ये, तपाईं कुन सबैभन्दा बढी रुचाउनुहुन्छ ?

7.  

हामीले Russell Road र Endicott Avenue मा भविष्यका नेबरवेहरू जोड्ने ब्रोडवेको ब्लकका लागि तीनवटा डिजाइन विकल्पहरू तयार गरेका छौँ । नेबरवेहरू पैदल-, रोल-, र साइकल-मैत्री सडकहरू हुन् जुन ठूला मुख्य सडकहरूसँग समानान्तर रूपमा बनाइएका हुन्छन् । यसले आवासीय सडकहरूमा कम-तनावयुक्त र उच्च-आरामदायी अनुभव सिर्जना गर्दछ । यी चौबाटोहरूमा रहेका क्रसिङहरूले मानिसहरूलाई हिँड्न, ह्विलचेयर र साइकल चलाउनका लागि सहज बनाउनुपर्ने हुन्छ । तलका तीनवटा विकल्पहरूमध्ये, तपाईं कुन सबैभन्दा बढी रुचाउनुहुन्छ ?

9.  

 हामीलाई यस परियोजनामा नजिकैका सडकहरूमा स्पिड हम्पहरू स्थापना गर्ने अवसर पनि छ । यदि हामीले सवारी साधनको संख्या र गतिमा वृद्धि भएको देख्यौँ भने हामी प्रायः सडकहरूमा स्पिड हम्प वा ट्राफिक काल्मिङका लागि विचार गर्छौं । हामी नजिकका विद्यालय, पार्क, सार्वजनिक स्थल, ठूला किफायती आवास विकास, ज्येष्ठ नागरिक केन्द्र र प्रार्थना स्थलहरू भएका सडकहरूलाई प्राथमिकता दिन्छौँ । टोलछिमेकमा, तपाईंलाई स्पिड हम्पहरूका लागि विचार गर्नुपर्ने जस्तो लागेका कुनै सडकहरू छन् कि ? कृपया तीनवटासम्म सडक छान्नुहोस् ।

जनसांख्यिकीय प्रश्नहरू

निम्न प्रश्नहरूले हामीलाई हामी कसलाई सम्पर्क गरिरहेका छौँ भनेर अझ राम्रोसँग बुझ्न मद्दत गर्छन् ।

11.  

तपाईंले यो सर्वेक्षणको बारेमा कहाँबाट कसरी सुन्नुभयो ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।

12.  

तपाईं Somerville मा कहाँ बस्नुहुन्छ ? कृपया एक छनोट गर्नुहोस् ।

13.  

तपाईं आफूलाई कुन जात वा जातिको रूपमा चिनाउन चाहनुहुन्छ ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।

14.  

तपाईंको परिवारको अनुमानित वार्षिक आम्दानी कति हो ? कृपया तपाईंले हाल बसिरहेको ठाउँमा सँगै बस्ने (जस्तै, रुममेटहरू) सबैका लागि जवाफ दिनुहोस् ।

Select option

Select option

17.  

तपाईंको उमेर कति हो ?

18.  

तपाईंको लिङ्ग के हो ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।

Maximum 255 characters

0/255

20.  

Somerville मा तपाईंको आवासको स्थिति के छ ?

21.  

के तपाईं आफूलाई अपाङ्गता भएको व्यक्तिको रूपमा स्व-पहिचान गर्नुहुन्छ (निदान सहित वा निदान नभएको) ?